• २०८१ बैशाख १७ सोमबार

बलिवुड सेलिब्रेटीको ‘टाटु’ प्रेम, कसले के के टाटु बनाए ? 

kharibot

काठमाडौं । बलिवुड सेलिब्रेटीहरु कुनै किसिमको फेसनबाट पछि पर्दैनन् । त्यसैले हरेक दिन मिडियामा उनीहरुले लगाएको ड्रेस, हेयर स्टायलको चर्चा हुने गर्दछ । अरुभन्दा राम्रो र मिडियामा आइरहन सेलिब्रेटीहरुले केहि न केहि नयाँ गरिरहेका हुन्छन् । यसैक्रममा बलिवुडका सेलिब्रेटीहरुमा टाटु बनाउने फेसनपनि निकै चलेको देखिन्छ ।

बलिवुडका कैयौ सेलिब्रेटीले शरीरमा टाटु बनाएका छन् ।कसैले आफ्नो प्रेमलाई देखाउन टाटु बनाएको देखिन्छ भने कसैले आफ्नो आस्था देखाउन टाटु बनाएको देखिन्छ । बलिवुडका खेलाडी कुमारका नामले चिनिने अक्षयकुमारले आफ्नो काधमा श्रीमती ट्वीङकल खन्नाको निक नेम ‘टिना’र आफ्ना छोराको  नामको टाटु बनाएका छन् । उनको यो टाटुले आफ्नी श्रीमती र छोराप्रतिको प्रेम देखाउन खोजेको बुझ्न सकिन्छ ।

त्यस्तै बलिवुडका नबाब सैफअली खानले पनि आफ्नो हातमा आफ्नी करीना कपुरको नामको टाटु बनाएका छन् । हातको टाटु उनीहरुको विवाह अगाडी बनाएको मिडियामा सार्वजनिक भएको थियो तर पछि सो टाटु अस्थायी भएको खुलासा भयो तरसैफको काधमा करीनाको स्थायी टाटु रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

त्यस्तै हाल डिभोर्स भएरका ऋतिक रोशन र सुजेन खानले एक अर्का को नामको टाटु बनाएका थिए । पछिल्लो समय फेरी नजिकिदै गरेको यो जोडीले एक अर्काको नामको टाटु अहिले पनि राखिरहेका छन् । ऋतिकले त डिभोर्सपछि पनि सुजेनको नामको अर्को टाटु बनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बलिवुड सेलिब्रेटीमा टाटुको धेरै चर्चा हुने अभिनेता हुन् संजय दत्त । उनले आफ्नो शरीरमा कुल ८ टाटु बनाएका छन् । उनेल आफ्नो शरीरमा आफ्ना माता पिता नारगिस र सुनिल दत्तको टाटु बनाएका छन् । त्यस्तै उनले ओम लेखिएको टाटु र आफ्नो पत्नी मान्यताको टाटु पनि बनाएका छन् ।

त्यस्तै  टाटु बनाउनेमा अभिनेता अजय देवगनले पनि आफ्नो शरीरमा छोरी न्यासाको नामको र ओमको टाटु बनाएका छन् ।

टाटु बनाउने सुचिमा अभिनेत्रीहरु पनि निकै अगाडी रहेका छन् । अभिनेत्री दीपिका पदुकोनेले आफ्नो गर्धनमा आफ्ना पुर्वप्रेमी रणवीर कपुरको ‘आरके’ नामको टाटु बनाएकी थिइन् । जसको निकै चर्चा पनि भएको थियो । पछि उनीहरुको ब्रेकअप भएको थियो ।

त्यस्तै टाटु बनाउनेमा अभिनेत्री प्रियंका चोपडा पनि अगाडी रहेकी छन् । प्रियंकाले आफ्नो नाडीमा आफ्ना पिताको सम्झनामा ‘ड्याडीज लिटिल गर्ल’ नामक टाटु बनाएकी छन् ।

त्यस्तै अभिनेत्री सेलिना जेटलीले आफ्ना पतिको र अभिनेत्री एमी क्याक्सनले आफ्ना प्रेमी प्रतिक बबरको नामको टाटु बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै