• २०८१ बैशाख १४ शुक्रबार

रोहिंग्या समुदायका महिलालाई बलात्कार गरेको आरोप म्यान्मारका सेना प्रमुखद्वारा अस्वीकार

kharibot

याङ्गुन ।  म्यानमारका सेना प्रमुखले आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कार लयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको अस्विकार गरेका छन् । 

राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई गरेको सम्बोधनमा सेना प्रमुख मिन आङ हानिङले सो आरोपको अस्वीकार गरेका हुन् । 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरु हाल बंगलादेश र म्यानमारको भ्रमणमा रहेका छन् । 

राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अभैm सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै फर्काउन सकिने हो होइन भन्ने अनुसन्धानको लागि ती प्रतिनिधिहरु त्यहाँ पुगेका बताइएको छ । 

ती प्रतिनिधिहरुसँगको अन्तरक्रियामा उहाँले उक्त आरोपको खण्डन गर्नुभएको समाचारमा जनाइएको छ । यसअघि संयुक्त राष्ट्रसंघकै एक अनुसन्धानबाट रोहिंग्यामाथि बलात्कार गर्ने गरेको आरोप लागेको थियो । 

रोहिंग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले गत शनिबारदेखि म्यानमार र बंगलादेशको भ्रमणमा रहेका छन् । 

म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरु हाल म्यानमारको कोक्स बजारमा मात्र करिब १० लाख जना पुगेको अनुमान गरिएको छ । 

तर यो अनुमानित तथ्यांकमात्र भएको बताइएको छ । करिब सात लाख रोहिंग्या मुसलमान त म्यानमारको राखिन राज्यबाट गएको अगष्ट २५ देखि लगातार दुई महिनामा नै त्यहाँ पुगेका थिए । 

त्यस्तै पछिल्लो समयमा पनि उनीहरु देश छोडेर भाग्ने क्रम जारी रहेकोले त्यहाँ पुग्ने शरणार्थीहरुको संख्या बढेको हो । 

हालै सार्र्वजनिक भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारवादीहरुको एक प्रतिवेदनमा म्यानमारको राखिन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको थियो । 

यस विषयलाई सम्बोधन गर्दै सेना प्रमुख मिनले बलात्कार र यौनजन्य अपराध नभएको बताएका छन् । 

सोही कारण पनि रोहिंग्या शरणार्थीहरुले आफूहरु घर फर्किन नसकेको जनाएका छन् । म्यानमारको सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताए पनि आफूहरुलाई सुरक्षा नभएको उनीहरुको भनाई छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै