• २०८१ बैशाख १६ आइतबार

एकताका लागि प्राविधिक विषय मिलाउन बाँकी

kharibot

रुकुम । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले र नेकपा माओवादी केन्द्र बीच एकताका लागि धेरै काम सम्पन्न भइसकेको र केही प्राविधिक विषय मिलाउनुपर्ने भएको बताएका छन् । 

रुकुम पश्चिमको चौरजहारीमा एमाले रुकुमका नेता स्व यदु गौतमको शालिक अनावरण तथा यदु स्मृति भवनको उद्घाटन गर्दै उनले एकताले जनतामा सकारात्मक सन्देश गएकाले निराश नहुन सबैलाई आग्रह गरे । 

गौतमको हत्या गरिनु दुर्भाग्यपूर्ण हो भन्दै उनीजस्ता महान् व्यक्तित्वको अवसानले पार्टीमा अतुलनीय क्षति पुगेको नेता नेपालको भनाइ थियो । एमाले रुकुमका तत्कालीन सचिव गौतमलाई २०५५ साल फागुन २१ गते तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै