• २०८१ बैशाख १७ सोमबार

पिएसजीका म्यानेजर एमेरीद्वारा क्लब छोड्ने घोषणा

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का म्यानेजर उनइ एमेरीले यस सिजनपछि क्लब छोड्ने घोषणा गरेका छन् ।

सेभिलाबाट २०१६ मा पिएसजी गएका एमेरीले च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडसँग पराजित भएपछि क्लब छोड्ने दबाब बढेको थियो । क्लबले आधिकारिक रुपमा आफ्ना म्यानेजर एमेरीले छोड्ने जानकारी दिएको छ ।

एमेरीको बहिर्गमन पछि आर्सनल छोड्ने तयारी गरेका अर्सन वेंगर पिएसजीको नयाँ म्यानेजर बन्ने अनुमान गरिएको छ । फ्रेन्च मिडियाले वेंगर म्यानेजर भन्दा पनि क्लबमा अन्य भूमिकामा आउनसक्ने उल्लेख गरेका छन् ।

स्पेनका पुर्वखेलाडी समेत रहेका एमेरीले पिएसजीमा दुई सिजनमा यस सिजनको लिगको उपाधि जिताएका छन् भने २०१६-१७ मा कोपा फ्रान्सको उपाधि, दुई पटक लगातार कोपा डे ला लिगको उपाधि जिताएका छन् ।

पिएसजीका लागि कुल १०९ खेलमा म्यानेजर बन्दै एमेरीले ८६ खेलमा जित हासिल गरेका छन् भने १२ खेल बराबरी र ११ मा हार बेहोरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै