• २०८१ बैशाख १७ सोमबार

फोटोपत्रकारिता दिवसको अवसरमा सिमरामा प्रभातफेरी

kharibot

बारा । राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार महासंघ बाराले बिहिवार सिमरामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । 

‘सत्य समाचार, फोटो पत्रकारिता नैं अन्तिम आधार’ भन्ने नारा सहित सिमरा स्थित ईलाका प्रहरी कार्यलय अगाडीबाट निकालिएको प्रभातफेरी बजार परिक्रमा गर्दै वडा नम्बर २ को कार्यालयमा पुगेर सम्पन्न भएको थियो । 

प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले फोटो पत्रकारिताको महत्व र चुनौतीको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक भुवन भट्टले पत्रकारितालाई अझ बिश्वसनिय बनाउनका लागि फोटो पत्रकारिताको महत्व अत्यन्त रहेको बताए । 

पछिल्लो समय फोटो पत्रकारिता तर्फ रुचि बढ्न थालेको भन्दै वक्ताहरुले यसलाई ब्यवस्थित बनाउने तर्फ ध्यान दिनु पर्ने बताएका छन् । 

कार्यक्रममा फोटोपत्रकार महासंघ बाराका अध्यक्ष जीतलाल श्रेष्ठले जिल्लामा महासंघको सदस्यतालाई विस्तार गर्दै लगिने र क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गर्ने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष गुरुप्रसाद गौतम , बाराका अग्रज पत्रकार गोकुल घोरसाईने , भोजराज भट्टराई , रेशम तिवारी , प्रकाश लम्साल , खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउले , संस्कार एफएमका निर्देशक अनिल गौरव लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासंघ बाराका महासचिव दिवाकर भण्डारीले गरेका थिए । प्रभातफेरीमा बाराका महासंघसहित विभिन्न सञ्चारसंस्थामा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै