• २०८१ बैशाख १७ सोमबार

विकाशका बाधकलाई हटाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री ओली

kharibot

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकासका बाधकहरुलाई हटाउन प्रयासरत भएको  बताएका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १९औं स्मृति दिवशमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 प्रधानमन्त्री ओलीले सरकार सुशासन,पारदर्शिता र पछौटेपनलाई हटाउन प्रतिवद्ध रहेको बताए । “सरकार विकासका सबै बाधकहरुलाई पन्छाउन तयार छ” प्रधानमन्त्री ओलीले भने “९ महिनाको छोटो अवधीमा प्रधानमन्त्री भएर मनमोहनले यी सबै कुराको सुरुवात गर्नुभएको थियो ।” 

 प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीको जीवन अबिचलित आस्थाको कठिनाइमा पनि अड्न सक्ने भएको बताए । प्रधानमन्त्री ओलीले नेपालमा कम्यूनिष्ट आन्दोलन सुरु हुनुभन्दा अगाडि देखि नै मनमोहनमा राजनीतिक गतिबिधीमा संलग्न रहेको दृष्टान्त दिएका छन् भन्दै भने, “नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना हुनु भन्दा ७ बर्ष अघि अर्थात वि.सं १९९९ मा मनमोहन भारतबाट अंग्रेज हटाउने अभियानमा भारतीय जेलमा हुनुहुनथ्यो ।”

एमालेले त्यस समयमा मनमोहनको राजनीतिक उचाइको सम्मान गर्दै अध्यक्षको पद सृजना गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे । 

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता चांडै टुंगिने बताए । “चाँडै नै दुई पार्टीको एकता हुदैछ । एकता भएपछि सवल,सुदृढ र एकिकृत कम्यूनिष्ट पार्टीको निर्माण हुन्छ ” प्रधानमन्त्री ओलीले भने “यो एकताले देशमा मनौबैज्ञानिक र व्यबहारिक हिसाबले ठुलो परिवर्तन ल्याउने छ ।” 

कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकारीको प्रतिमामा माल्यार्पण गरेका थिए । यसैगरी डा. ढाकाराम सापकोटाद्वारा लिखित मनमोहन अधिकारी नेपाली राजनीतिका ६ दशक पुस्तकको पनि प्रधानमन्त्री ओलीले बिमोचन गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै