• २०८१ बैशाख १७ सोमबार

करीनाको ‘वीर दी वेडिंग’ को ट्रेलर सार्वजनिक, गालीले भरिपूर्ण 

kharibot

मुम्बई । बलिवुडको डिभा करीना कपुरले आफ्नो बच्चा जन्मिएपछि कमब्याक गरेको फिल्म ‘वीर दी वेडिंग’ को ट्रेलर सार्वजनिक भएको छ । 

फिल्मको ट्रेलर हेर्दा फिल्म गालीले भरिपूर्ण देखिन्छ ।

करीना कपुर, सोनाम कपुर, स्वरा भास्कर र शिखा तलसानिया अभिनित यो फिल्म चार साथीको कहानी रहेको छ । 

जुन १ मा रिलिज मिति तोकिएको यो फिल्मका डायलग परिवारसँग बसेर हेर्न नसकिने किसिमका रहेका छन् । अनिल कपुरको प्रोडक्सन कम्पनीले बनाएको यो फिल्मको निर्माता अनिल कपुरकी अर्की छोरी रेहा कपुर हुन् । उनले यसअघि आयशा र खुबसुरत जस्ता फिल्म निर्माण गरिसकी छन् । 

फिल्मको निर्देशन शशांक घोषले गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै