• २०८१ बैशाख १४ शुक्रबार

कैलाली भ्रमण वर्षको तयारी शुरु

kharibot

धनगढी । ‘पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रचारप्रसार, कैलाली जिल्लाको समृद्ध विकासको मूल आधार’ भन्ने नाराका साथ कैलाली भ्रमण वर्ष २०७५ विविध कार्यक्रमका साथ मनाइने भएको छ । 

कैलाली भ्रमण वर्ष २०७५ को जिल्लाको चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको भ्रमण वर्ष मूल समारोह समितिको सचिवालय कैलालीले जनाएको छ । 

जिल्लाको पूर्वी सीमा नदी कर्णालीको छेउमा रहेको चिसापानी पर्यटनका लागि आकर्षक गन्तव्यस्थलका रुपमा चिनिन्छ । चिसापानीको कर्णाली नदीमा बनेको दक्षिण एशियाकै नमूनाको पुल ‘स्टेट केबुल ब्रिज’ आकर्षक छ । 

कर्णाली नदीमा हुने र्याफ्टिङ जलयात्रा अरु ठाउँका नदीमा हुने ¥याफ्टिङको तुलनामा निकै रोमाञ्चकारी देखिन्छ । नदीमा ¥याफ्टिङ गरेर चिसापानीदेखि झण्डै १० किलोमिटर दक्षिणतर्फको टीकापुर छेउको कर्णाली नदीको भागसम्म जलयात्रा गर्न सकिन्छ ।

डल्फिनको दृष्यावलोकनका लागिसमेत कैलाली जिल्ला चर्चित छ । काँडा, कान्द्रा, मोहना, पथरैया नदीमा पानी सतह बढेका बेला डल्फिन सजिलै देख्न सकिन्छ । मानिसपछिको दोस्रो बुद्धिमान प्राणी डल्फिनलाई नदी छेउमा निर्माण भएका ‘टावर‘मार्फत वर्षायाममा सजिलैसँग अवलोकन गर्न सकिन्छ । 

भ्रमण वर्षका क्रममा टीकापुरमा सांस्कृतिक ¥याली, जिल्लाका प्रसिद्ध धार्मिक स्थल बर्दगोरिया, गोदावरी धाम, शिवपुरी धामका साथै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालको अवलोकन गर्ने गराउनेलगायतका कार्यक्रम गरिने जनाइएको छ । 

पर्यटन प्रवद्र्धनका लागि पर्यटन वर्ष मनाउने गरिए पनि यससम्बन्धी निर्माण हुनुपर्ने पूर्वाधारको भने अभाव महसुस गरिएको पर्यटन व्यवसायी रमणचन्द्र श्रेष्ठले बताए । जसका कारण पर्यटन उद्योगको सम्भावना प्रशस्त देखिएको भए पनि प्रचारप्रसार र पर्यटकका लागि चाहिने उचित पूर्वाधार जुट्न नसक्दा अपेक्षित सफलता भने पाउन सकिएको छैन । 

भ्रमण वर्ष २०७५ मनाउनका लागि धनगढीमा स्थापना गरिएको मूल समारोह समितिको सचिवालयको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले आज उद्घाटन गरे । 

कार्यक्रममा भ्रमण वर्ष मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जगत साउँले भ्रमण वर्षको महत्व र आवश्यकता माथि प्रकाश पार्नुभएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै