काठमाडौं । बार्सिलोनाले युइएफए अन्डर १९ युथ लिगको उपाधि जितेको छ ।
गएराती भएको फाइनलमा चेल्सीको युथ टिमलाई ३-० गोल अन्तरले हराउदै बार्सिलोनाले सो उपाधि जितेको हो ।
बार्सिलोनाले पछिल्लो ५ बर्षमा २ पटक युथ लिगको उपाधि जितेको छ । बसिलोनाको जितमा अलेजेन्ड्रो मरक्वेसले दुई गोल गरेका थिए भने अबेल रुइजले एक गोल गरेका थिए ।
बार्सिलोनाले सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ५-४ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । भने चेल्सीले पोर्चुगलको क्लब पोर्टोलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
२०१३-१४ सिजनबाट सुरु गरिएको यस प्रतियोगिता च्याम्पियन्स लिगको फर्म्याटमा सुरु गरिएको थियो । युथ लिगको पहिलो उपाधि पनि बार्सिलोनाले नै जितेको थियो । त्यसपछि २०१४-१५ र २०१५-१६ सिजन चेल्सीले जितेको थियो । गतबर्षको उपाधि भने आरबि सल्जबर्गले जितेको थियो ।