काठमाडौं । ग्लोवल आईएमई बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड ९५ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ४७ करोड ६० लाख ७९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुंजी आठ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब दुई अर्ब ८२ करोड ६९ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ७४ करोड ९५ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
घरजग्गा क्षेत्रमा तीन अर्ब ५६ करोड चार लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा दुई अर्ब ६५ करोड ६२ लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
प्रोभिजन रकम २१ करोड ९२ लाख ३२ हजार रुपैयाँ रहेको बैंकको राईट व्याक रकम ३५ करोड ६१ लाख ३७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव २९ प्रतिसत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ८५ अर्ब ८१ करोड १२ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब १३ करोड ५२ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।