• २०८१ बैशाख १७ सोमबार

ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखेपछि माओवादी कार्यकर्ताको विरोध

kharibot

काठमाडौं । लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले-माओवादीद्वारा संयुक्तरूपमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम बनाइएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको पाए पाछी माओवादी कार्यकर्ताले विरोध गरेका छन् । 

माओवादी कर्यकर्ताले विरोध गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्यानरमा सामान्य प्राविधिक त्रुटी भएको भन्दै कार्यकर्तालाई आश्वस्त पारेका थिए ।

उनले पार्टी एकताको तयारीमा व्यस्त हुँदा सामान्य प्राविधिक त्रुटी हुन पुगेको उल्लेख गर्दै यसबाट सिकेर अगाडी बढ्नु पर्ने बताएर कार्यकर्तालाई आस्वस्त पार्न खोजेका थिए ।

प्रचण्डले भने -'अलिकति खटपट हुनुलाई अविस्मरणीय परिघटनाका रूपमा लिनुपर्छ र यसबाट हामीले शिक्षा लिनुपर्छ,' प्रचण्डले भने, 'हामी पार्टी एकताका विषयमा यति व्यस्त भयौं कि यो कार्यक्रमको व्यवस्थापनको पक्षमा ध्यान दिनै सकेनौं, त्यसैले केही प्राविधिक त्रुटी देखिन पुग्यो ।'

कार्यक्रममा राखिएको ब्यानरमा मार्क्स र लेनिनको फोटो नराखिएको भन्दै माओवादी कार्यकर्ताले विरोध जनाएपछि कार्यक्रम शुरु हुन ढिलो भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै