काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई पराजित गरेको छ ।
गएराती भएको खेलमा चेल्सी २-१ गोल अन्तरले विजयी भएको हो । चेल्सीका लागि भिक्टर मोएसले निर्णायक गोल गरेका थिए ।
खेलको २०औ मिनेटमा बर्नलीका केभिन लङको आत्मघाती गोलबाट अग्रता लिएको चेल्सीले खेलको ६४औ मिनेटमा गोल खादा खेल बराबरी भएको थियो । बर्नलीका लागि एशले बार्नेजले गोल गर्दै बराबरी गरेका थिए । त्यसको ५ मिनेटपछि नै चेल्सीका लागि मोएसले खेलको निर्णायक गोल गर्दै खेल जिताएका थिए ।
यो जितसँगै चेल्सी ३४ खेलमा ६३ अंकसहित लिगको पाचौ स्थानमा रहेको छ । त्यस्तै बर्नली भने ३४ खेलमा ५२ अंकसहित लिगको सातौ स्थानमा रहेको छ ।
यो खेल चेल्सीका म्यानेजर एन्टोनी कोन्टेको चेल्सीका लागि सबै प्रतिष्पर्धामा सयौ खेल हो ।