• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरणका विषयमा अहिले बालुवाटारमा भेटवार्ता भैरहेको छ ।

मंगलबार भएको एकता संयोजन समितिको बैठकले विवादित विषय मिलाउने जिम्मा दुई अध्यक्षलाई दिएपछि दुवै अध्यक्ष छलफलमा जुटेका हुन् । 

यसअघि बैशाख ९ मा पार्टी एकता गर्ने घोषणा गरिएको भएपनि विवादित विषय मिलन नसक्दा बैशाख ९ गते एकता नहुने भएको थियो ।

प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल पछि एकताको नयाँ मिति पनि घोषणा हुने बताइएको छ । बुधबार मात्र माओवादी अध्यक्ष प्रचण्डले चितवनको एक कार्यक्रममा बैशाख महिना भित्रै एकता हुने दाबी गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै