• २०८१ बैशाख १६ आइतबार

आइपिएल : कोलकोताको जितमा नितिश रानाको अलराउन्ड प्रदर्शन

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता राइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । 

गएराती भएको खेलमा कोलकोताले राजस्थानमाथि ७ विकेटको जित निकाल्दै आइपिएलको अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ ।

राजस्थानले दिएको १६१ रनको लक्ष्य पछ्याएको कोलकोताले १८.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताका लागि रोबिन उथप्पाले सर्वाधिक ४८ रन बनाएका थिए । त्यस्तै कप्तान दिनेश कार्तिकले ४२ तथा सुनिल नारन र नितिश रानाले ३५-३५ रनको योगदान दिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १६० रन बनाएको थियो । राजस्थानका लागि जोन शर्टले सर्वाधिक ४४ रन बनाएका थिए भने कप्तान अजिख्य रहानेले ३६ रन बनाएका थिए ।

त्यस्तै कोलकोताका बलर टम कुरान र नितिश रानाले २-२ विकेट लिएका थिए भने पियुष चावला, कुलदिप यसव र शिभम मावीले एक एक विकेट लिएका थिए ।

अलराउन्ड प्रदर्शन गरेका कोलकोताका नितिश राना खेलको म्यान अफ द म्याच बनेका थिए । उनले दुई विकेट लिनुका साथै महत्वपूर्ण ३५ रन पनि बनाएका थिए ।

जितपछि कोलकोताको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक बनाउदै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ भने राजस्थान रोयल्स ४ खेलमा २ खेलमा जित २ हार सहित ४ अंकसहित अंक तालिकामा पाचौ स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै