सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो । अवतरणका क्रममा रन वेमा हिँड्दै गर्दा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जानकारी दिएको छ ।
रन वेमा केही दूरी पार गरेपछि जहाजको टायर लक भएको विमानस्थलका कर्मचारीले जानकारी दिए ।
विमान ओभरलोडका कारण अवतरणका क्रममा विमानमा समस्या देखिएको बताइएको छ । रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज पार्किङस्थलमा पुर्याएका थिए । घटनाबारे समिट एयरले भने कुनै जानकारी दिएको छैन ।
रन वेमा हिँड्दै गर्दा जहाजमा समस्या आएपनि दुर्घटना टरेको विमानस्थलले जानकारी दिएको छ ।