काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार आधा दर्जनभन्दा बढी बैंक तथा फाइनान्स कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सूचीकरण भएको छ । नेप्सेका अनुसार नियमित कारोबारका लागि आज लघुवित्त, बीमा, वाणिज्य बैंक र जलविद्युुत् समेत गरी नौ कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सूचीकरण भएको हो ।
आज नागबेली लघुवित्त वित्तीय संस्थाको दुुई लाख ४० हजार ४६ कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४७ हजार दुुई सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ भने प्रुुडेन्सीयल इन्स्योरेन्स कम्पनीको पनि १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
यीबाहेक जानकी फाइनान्सको छ लाख १५ हजार तीन सय ४६ कित्ता बोनस, अपी पावर कम्पनीको आठ लाख ४० हजार कित्ता बोनस सेयर र सनराइज बैंकको पनि एक करोड छ लाख ३३ हजार सात सय ६८ कित्ता बोनस सोयर सूचीकृत भएको छ ।
आज प्राइम कमर्सियल बैंकको पनि एक करोड ७० लाख ७८ हजार छ सय ६६ कित्ता बोनस सेयर सूचीकरण भएको छ भने तिनाउ विकास बैंकको चार लाख ६० हजार आठ सय ४९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
क्र.सं. | संस्थाको नाम | प्रकार | कित्ता |
---|---|---|---|
१
|
नागवेली लघुवित्त वित्तीय संस्था
|
बोनस
|
२४००४६.१५
|
२
|
सिभिल लघुवित्त वित्तीय संस्था
|
बोनस
|
४७२५०
|
३
|
जानकी फाइनान्स
|
बोनस
|
६१५३४६
|
४
|
अपी पावर कम्पनी
|
बोनस
|
८४००००
|
५
|
लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी
|
बोनस
|
१००००००
|
६
|
सनराइज बैंक
|
बोनस
|
१०६३३७६८.५०
|
७
|
प्रुुडेन्सीयल इन्स्योरेन्स कम्पनी
|
हकप्रद
|
१२८३०४०
|
८
|
प्राईम कमर्सियल बैंक
|
बोनस
|
१७०७८६६६.८९
|
९
|
तिनाउ विकास बैंक
|
बोनस
|
४६०८४९.२९
|
(स्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड) |