काठमाडौँ । मिस नेपाल २०१८ को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले जितेकी छन् ।
बुधबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछाडी पार्दै खतिवडाले उपाधि जितेकी हुन् ।
२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना फाइनालिष्ट छानिएका थिए । प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘सम्वृद नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपुर्ण काम के गर्नु पर्ला?’ भन्ने प्रश्न सोधेका थिए।
उत्कृष्ट जवाफ दिएर श्रृंखलाले मिस नेपाल २०१८ को उपाधिमा जितेकी हुन्। उनलाई मिस नेपाल वर्ल्ड २०१७ निकिता चण्डकले ताज पहिराएकी हुन् ।
प्रतियोगितामा मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितिन् भने मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल र मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितिन् । उपाधिसँगै उनीहरूले १ लाख नगद पुरस्कार हासिल गरेका छन् ।
यसका साथै प्रतियोगितामा मिस ब्यूटीको उपाधि प्रिया सिग्देलले जितिन् भने मिस ट्यालेन्टको उपाधि रोनाली अमात्यले, त्यस्तै पपुलर च्वाइस-शृंखला खतिवडा, मिस ग्लामर मनिता देवकोटा, मिस फ्यासिनो शृंखला खतिवडा र मिस कन्फिडेन्स आस्था शाखले जितेकी थिइन् ।