• २०८१ बैशाख १६ आइतबार

मिस नेपालका प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीको अवलोकन भ्रमण

kharibot

काठमाडौँ । डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरुले बनेपास्थित डाबर नेपाल नर्सरीको अवलोकन भ्रमण गरेका छन् ।

यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरुका साथै यस समस्याहरुलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे बुझेका थिए । डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि अवलोकन गरेका थिए । 

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने- 'प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरुलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ । डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य  र ब्राण्डहरुको उत्पादन र  बजारीकरण गर्दै आएको छ । आजका युवाहरु भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ की प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुने छन् ।' 

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए ।

डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ जसले नेपालको २४ वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्दछ र ५० वटा सहकारी मार्फत जडीबुटी खेती गरी किसानहरु को जिविकोपार्जनलाई वैकल्पिक श्रोतको रुपान्तरण दिएको छ । 

उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक हेयरकेयर को सोलुषण उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले २०२२ मा  डाबर वाटिका नेचुरल्स स्याम्पु बजारमा ल्याएको थियो । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो । डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले मे २७, २०२३ मा गोदावरी स्थित सनराइज अडिटोरियममा हुन गैरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै