• २०८१ बैशाख १७ सोमबार

 प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कूल पन्ध्र घण्टा बैठक

kharibot

काठमाडौँ । संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ ।

पहिलो अधिवेशनको अन्त्यको घोषणापूर्व आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सोबीचमा १५ घण्टा ३० मिनेट संसदीय काम कारबाही भएको जानकारी गराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रअनुसार आजै राति १२ बजेदेखि संघीय संसद्को पहिलो अधिवेशनको अन्त्य हुँदै छ । 

गत फागुन २१ गते शुरु भएको प्रतिनिधिसभाले अन्तरिम नियमावली २०७४ पारित गरेको छ भने नियमावली बनाउन मस्यौदा समिति गठन गरेको छ । 

पहिलो अधिवेशनले सभामुख÷उपसभामुखको निर्वाचन गर्नुका साथै गत फागुन २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव २०८ मतले पारित गरेको थियो । 

यही अवधिमा यही चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई पहिलो सम्बोधन गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीले दुईपटक सार्वजनिक महत्वको वक्तव्य दिएका थिए । अधिवेशन अवधिमा चार अध्यादेश पारित भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै