काठगमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।
६७ वर्षीया सुवेदीको गएराति १०:४५ मा उपचारका क्रममा निधन भएको हो । आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित उनलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनको सोमबारै अन्त्येष्टि गरिने बताइएको छ ।
२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उनको जन्म भएको थियो । २०२६ सालमा कर्मचारी संचय कोषको जागिरका क्रममा भेट भएका मदन र यशोदा ३-४ बर्षको प्रेम पछि विवाह गरेका थिए ।