• २०८१ बैशाख १६ आइतबार

कलाकर मदनकृष्ण श्रेष्ठको कोरोना परिक्षण रिपोर्ट निगेटिभ

kharibot

काठमाडौँ । कलाकर मदनकृष्ण श्रेष्ठको कोरोना परिक्षण रिपोर्ट निगेटिभ आएको छ ।

गत मंगलबार हरिवंश आचार्य र उनकी पत्नीलाई कोरोना संक्रमण भएपछि मदनकृष्ण श्रेष्ठको पनि कोरोना परिक्षण गरिएको थियो ।

हरिवंश आचार्यले मदनकृष्णको कोरोना रिपोर्ट निगेटिभ आएको जानकारी दिदै आफुलाई हल्का महसुस भएको बताएका छन् ।

उनले आफूसँग धेरै सम्पर्कमा रहका मदनकृष्ण श्रेष्ठ, र आफ्ना छोरा बुहारीको रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् ।

आचार्य र उनकी श्रीमती कुनै लक्षण नभएकाले घरमै आइसोलेसनमा रहेका छन् ।

आचार्यले उच्च मनोबलका साथ बसिरहेको भन्दै कोरोना जितेर फर्किने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै