• २०८१ बैशाख १७ सोमबार

राष्ट्र बैंकले पुुनः १२ अर्ब ६१ करोडको ट्रेजरी बिक्री गर्ने

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुन १२ अर्ब ६१ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न भएको छ । राष्ट्र बैंकका अनुसार चैत १९ गते सोमबार अपराह्न ३ बजेसम्म खरिद गर्न सकिने गरी उक्त टे«जरी बिक्री गर्न लागिएको हो । 

जारी मिति चैत २० गते तोकिएको उक्त ट्रेजरीमध्येमा २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको दुुई अर्ब, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको चार अर्ब ३६ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

तीमध्ये तीन सय २५ दिने अवधिको परिपक्व मिती २०७५ बैशाख १८ गते, ९१ दिने अवधिको परिपक्व हुने मिति २०७५ असार १९ गते, एक सय ८२ दिने अवधिको परिपक्व हुुने मिती २०७५ असोज १६ गते र तीन सय ६४ दिने अवधिको परिपक्व मिती २०७५ चैत १९ गते तोकिएको छ ।

गत साता अर्थात् चैत १२ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको तीन अर्ब, ९१ दिने अवधिको चार अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको एक अर्ब ३६ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै