• २०८१ बैशाख १८ मंगलबार

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

kharibot

काठमाडौँ । प्रतिनिधिसभाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, २०७४’ लाई स्वीकृत गरेको छ । 

संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । 

त्यस्तै बैठकमा आजै गृहमन्त्री रामबहादुर थापाले बैठकमा ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ प्रस्तुत गरे भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ प्रस्तुत गरे । 

उक्त अध्यादेशहरु यसअघि व्यवस्थापिका–संसद् नभएको अवस्थामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो । 

संसद्को अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै