• २०८१ बैशाख १७ सोमबार

छिमेक सम्बन्ध आपसी सम्मान र आदरभावका आधारमा तय हुन्छ – प्रधानमन्त्री ओली

kharibot

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छिमेक सम्बन्धलाई अझ मजबुद बनाउनु सरकारको प्राथमिकतामा परेको बताएका छन् ।

डा.अन्जान शाक्यद्धारा सम्पादित ‘नेपाल चाइना रिलेसन’ नामक पुस्तकको आज प्रधानमन्त्री निवास बालुवाटारमा बिमोचन गर्दै प्रधानमन्त्री ओलीले छिमेकसँगको सम्बन्ध देशको विकास,अखडता,स्थीरता र स्थायीत्वका लागि प्रयोग गरिने बताए ।

‘छिमेक सम्बन्ध आपसी सम्मान र आदरभावका आधारमा तय हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा छिमेकका दुवै देशलाई हामी उच्च सम्मान गर्छौं र हामी पनि त्यस्तै सम्मान चाहन्छौं ।’

चीनले नेपालको सार्वभौमसत्तालाई सधैं कदर गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने  ‘नेपालको भौगोलिक अखण्डता र स्वाभिमानमा धक्का पर्ने काम समेत गरेको छैन ।’

अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला चीनसँग गरेको पारवाहन सन्धीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जनताको एकता,संकल्प र जनता कै चाहनाका कारण आफूले त्यो सन्धी गर्ने आँट गरेको बताए । ‘पहिला पनि जनताले चीनसँग पारवाहन सन्धी चाहेका थिए’ प्रधानमन्त्री ओलीले भने ‘ तर साहसी प्रधानमन्त्री आएपछि मात्र त्यो सन्धी भयो ।’

प्रधानमन्त्री ओलीले देशमा जनताले संविधान बनाए, लोकतन्त्र ल्याए अब फेरी हत्या हिंसाको बाटो लिनु अक्ष्म्य हुने बताए । ‘अब पनि हत्या ,हिंसाको बाटो खोज्नु भनेको मूर्खता हो ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस्तो कुरा सरकारलाई ग्राहय हुदैन ।’

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपालका लागि चीनका राजदुत यु हङ लगायतले नेपाल चीन सम्बनधका बारेमा धारणा राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै