• २०८१ बैशाख १५ शनिबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

kharibot

काठमाडौं । गयराती बालकुमारीस्थित झोलुङ्गे पुलमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स५प ३६२० नम्बरका मोटरसाइकल चालक भक्तपुर चारदोबाटो बस्ने सिराहा लहानका १८ वर्षीय अभिषेक चौधरी रहेका छन् ।

चौधरीको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार राति ७ बजे चौधरीले चलाएको मोटरसाइकलले बा ४३ प ८३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

८३१४ नम्बरको मोटरसाइकलले बा ८० प ४९९३ नम्बरको मोटरसाइकलमा ठोक्किन पुगेको थियो । दुर्घटनामा संलग्न तीनै वटा सवारी साधनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै