• २०८१ बैशाख १७ सोमबार

फ्राइडे रिलिज : ‘शत्रु गते’ ले पायो दर्शकको साथ 

kharibot

काठमाडौँ । प्रतिक्षित फिल्म ‘शत्रु गते’आजदेखि  रिलिज भएको छ । 

फिल्म रिलिज अगाडी गीत र ट्रेलरका कारण निकै चर्चामा रहेको छ । फिल्मको ‘रुपै मोहनी’ ले युट्युबमा एक करोड भन्दा बढी भ्यु पाइसकेको छ भने ट्रेलरलाई पनि दर्शकले अत्यन्त मन पराएका छन् ।  

रिलिज अगाडी रुस्लानसँगको सहकार्यमा शत्रु गते टिमले मोफसलका प्रमुख शहरमा फिल्मको प्रमोशन पनि गरेको छ ।  

रिलिज अगाडी मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङले पनि फिल्मलाई दर्शकले राम्रो साथ दिने देखिएको छ । पहिलो दिनका शोहरु प्राय सबै हलमा हाउसफुल रहेका छन् ।

मल्टिप्लेक्स र सिंगल हलमा फिल्मले राम्रो सुरुवात गरेको फिल्मका निर्माण पक्षले जानकारी दिएका छन् ।  शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले फिल्मलाइ थप फाइदा हुने देखिएको छ ।   

फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । यससंगै फिल्म राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ । 

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । 

फिल्मका निर्माता समेत रहेका अभिनेता हरिबंश आचार्यले फिल्मको बुकिङपछी दर्शकले देखाएको उत्साहले हर्षित भएको बताए । 

त्यस्तै कलाकार किरण केसीले फिल्को बुकिङ राम्रो भएको र  हल संख्या पनि राम्रो पाएको बताउदै जसरी दर्शकले गीतसंगीत र ट्रेलरलाई दर्शकले रुचाइदिनु भएको छ त्यसरी नै फिल्म पनि मन पराउनु हुन्छ भन्नेमा विश्वस्त रहेको बताए । 

फिल्मका निर्देशक प्रदीप भट्टराईले फिल्मलाई मदन दाई हरि दाईको फ्यानसँगै दीपक दाई, दीपा दि,  प्रियंका,  पल, आँचल सबैको फ्यानलाई हुने गरि बनाउने कोसिस गरेका बताउदै स्टारडम भन्दा पनि क्यारेक्टर अनुसार फिल्ममा प्रस्तुत गरेको दाबी गरे । निर्देशक भट्टराईले कथा अरु भन्दा फरक नभएपनि प्रस्तुतिलाई रमाइलो बनाउने कोसिस गरेको बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दीपकराज गिरि, दिपाश्री निरौला, जितु नेपाल, किरण केसी, पल शाह, आंचल शर्मालगायतको अभिनय रहेको छ । फिल्ममा तिन पुस्ताको कथा रहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै