• २०८१ बैशाख १५ शनिबार

अमेरिका र चीनबीच व्यापारिक युद्धको संकेत, राष्ट्रपति ट्रम्पद्वारा चिनियाँ सामानको आयातमा शुल्क वृद्धि 

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने चिनियाँ सामानमा ६० अर्ब डलर बराबरको कर लागाउने मेमोमा हस्ताक्षर गरेका छन् । साथै राष्ट्रपति ट्रम्पले अमेरिकामा चिनियाँ लगानी कम गर्ने निर्णय गरेका छन् ।

ह्वाइटहाउसले चिनियाँ अर्थव्यवस्थाबाट भएको अन्यायपूर्ण चुनौतीसँग लड्न यस्तो कदम आवश्यक भएको बताएको छ । यस अघि राष्ट्रपति ट्रम्पले स्टिल र अलोमियमसहित कैयौ विदेशी सामानमा आयात शुल्क बढाएका थिए ।

राष्ट्रपति ट्रम्पको यो कदमपछि चीनले उपयुक्त जवाफ दिन तयार रहेको जनाएको छ ।

अमेरिकाको यो कदमले अमेरिका र चीनबीच व्यापारिक युद्धको सनेक्त गरेको छ ।

राष्ट्रपति ट्रम्पले विश्वका मुलुकहरुलाइ अमेरिकी कम्पनीका लागि समान नियम होस् भन्ने आफुले चाहेको बताएका छन् ।

यस्तो निर्णय गर्नुअघि गत अगस्तमा राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापर नीतिको व्यापक जाँचको आदेश दिएका थिए । सो जाँचमा चीनले अमेरिकी कम्पनिलाइ अन्याय गरेको, लगानीमा हस्तक्षेप गरेको र टेक्नोलोजी ट्रान्सफर गर्न बाध्य पारेको भेटिएको अमेरिकाको दाबी रहेको छ ।  
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै