• २०८१ बैशाख १७ सोमबार

शिक्षा क्षेत्रको राजनीति सह्य हुँदैन : मन्त्री पोखरेल

kharibot

बर्दिवास । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिने राजनीति सह्य नहुने बताएका छन् । 

गृहजिल्ला महोत्तरी पुगेका मन्त्री पोखरेलले जिल्ला सदरमुकाम जलेश्वरमा सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिँदै शिक्षा क्षेत्रमा हुने राजनीतिलाई सबैले निरुत्साहन गर्नुपर्ने बताए । तराईको सुगम जिल्ला भएर पनि महोत्तरी विकास सूचकांक निकै पछि पर्नु शिक्षा क्षेत्रकै गडबडी रहेको मन्त्री पोखरेलको भनाइ थियो । 

मन्त्री पोखरेलले जिल्लाका रामगोपालपुर, औरही र गौशाला नगरपालिकाभित्रका माध्यमिक शिक्षा परीक्षा केन्द्रको अवलोकन गर्दै त्यहाँको शैक्षिक अवस्था र समस्याबारे शिक्षक, कर्मचारी र अभिभावकसँग छलफल गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै