• २०८१ बैशाख २६ बुधबार

हुम्लामा एक वर्षमा ४ सिडियोको सरुवा, अब पाचौ आउदै

kharibot

शुक्रबार सरुवा भएका सिडियो नेत्रप्रसाद शर्मा

हुुम्ला ।  यहाँ एक वर्षमा ४ पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । 

सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई २०७४ असोज १ गतेसम्म रहनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा आएका थिए । विसं २०७४ माघ १५ गतेसम्म रहेका उनको सरुवा भई चितवनबाट नेत्रप्रसाद शर्मा माघ १६ गते यहाँ आएपछि उनको सरुवा शुक्रबार पर्सामा भएको छ । 

प्रजिअ पटक पटक परिवर्तन भएपछि नागरिकताको प्रमाणपत्रजस्ता जनताका काममा बाधा हुन गएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै