मुम्बई । बलिवुडमा अहिलेकी चुलबुले अभिनेत्री आलिया भट्ट रणवीर कपुरसँगको फिल्म ब्रह्मास्त्रको सुटिंगका क्रममा घाइते भएको रिपोर्ट आएको छ ।
आलियाले एक फाइट सिन सुटिंगका क्रममा उनको दाहिने खुट्टा र पाखुरामा चोट लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
डिएनएका अनुसार आलियालाई डाक्टरले १५ दिनको बेड रेस्टको सल्लाह दिएको बताइएको छ । बुल्गेरियामा भइरहेको यस फिल्मको पहिलो चरणको सुटिंग यसै महिनाको अन्त्यसम्म सकिने बताइएको छ ।
सुटिंगकै क्रममा आलियाले यस फिल्मको सुटिंग निकै थकाई लाग्दो भएको बताएकी थिइन् । उनले हामी लगातार सुटिंग गरिरहेका छौ भन्दै एक्सन सिनको सुटिंग गर्दा निकै थकान महसुस भइरहेको उनले बताएकी थिइन् ।
हालै आफ्नो २५औ जन्मदिन मनाएकी आलियाले अभिनेता रणवीर कपुर र निर्देशक आयान मुखर्जीसँग पहिलो पटक काम गर्दै छिन् । भने यस फिल्ममा महानायक अमिताभ बच्चनले पनि अभिनय गरेका छन् ।
करण जोहर निर्माता रहेको यस फिल्म १५ अगस्त, २०१९ मा रिलिज हुदै छ ।