म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा

खरीबोट
ad

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको ब्राइटनविरुद्धको खेलमा २-० को जित हासिल गर्दै युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडको जितमा रोमालु लुकाकु र निमनजा माटिकले गोल गरेका थिए । खेलको ३७औ मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८३औ मिनेटमा माटिकले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।

यस खेलमा युनाइटेडका म्यानेजर जोसे मोरिन्होले युनाइटेडका प्रमुख खेलाडी एलेक्सिज सान्चेज र पाउल पोग्वालाई बेन्चमा राखेका थिए ।

यससँगै म्यानेजर जोसे मोरिन्हो २००७ पछि पहिलो पल्ट एफए कपको सेमिफाइनलमा कुनै टिमलाई पुर्याएका छन् । २००७ मा चेल्सीमा हुदा उनले चेल्सीलाई एफए कपको सेमीफाइनलमा पुर्याएका थिए ।

त्यस्तै युनाइटेडका लुकाकुले २०१८ मा युनाइटेडका लागि १४ खेलमा १० गोल अहिलेसम्म १० गोल र ४ असिस्ट गरेका छन् ।  
 

सम्बन्धित समाचार

एफए कपको उपाधि चेल्सीले जित्यो

काठमाडौँ । चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराउदै एफए कपको उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा चेल्सीले इडेन हजार्डले पेनाल्टी मार्फत गरेको एक मात्र गोलले चेल्सीले युनाइटेडलाई हराउदै उपाधि जितेको हो

चेल्सी एफए कपको फाइनलमा, उपाधिका लागि म्यानचेस्टर युनाइटेडसँग खेल्ने 

काठमाडौँ । चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा चेल्सीले साउथहम्पटनलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।  अब फाइनलमा चेल्सीले म्यानचेस्टर युनाइटेडको सामना गर्ने

टोटनह्यामलाई हराउदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा 

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ । गएराती भएको सेमिफाइनल खेलमा टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड फाइनलमा पुगेको हो । युनाइटेडका लागि एलेक्सिस सान्चेज र हरेराले

एफए कप सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग भिड्ने 

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा टोटनह्यामसँग परेको छ ।  क्वाटरफाइनलमा ब्राइटनलाई पराजित गरेर सेमिफाइनलमा पुगेको युनाइटेडले टोटनह्यामलाई फेस गर्ने भएको छ भने चेल्सीले साउथहम्पटनसँग सेमिफाइनल खेल्ने छ । एफए कप