• २०८१ बैशाख १४ शुक्रबार

भक्तपुरको सूर्यविनायकमा स्मार्ट सेलको स्मार्ट सेन्टर स्थापना

kharibot

काठमाडौं । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायकस्थित आरएन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । 

चैत १ गतेबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ । 

सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदान गर्ने नयाँ नयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुले यहाँबाट सहजै प्राप्त गर्न सक्नु हुने छ । 

स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका छन् । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य नै यस सेन्टरको रहेको उनले बताए । 

यसअघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतली सडकमा पनि आफ्नो सेन्टरको स्थापना गरिसकेको छ भने आगामी दिनमा पोखरामा आफ्नो सेन्टर स्थापनागर्ने छ भने नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गरेको छ । 

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ । 

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । 

स्मार्ट टेलिकमले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोरजि सेवा काठमाडौँ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै