• २०८१ बैशाख २० बिहीबार

नेप्सेमा सुधार जारी, उत्पादनमुुलक बाहेक सबै समुहको सुचक हरियो

kharibot

काठमाडौ । अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्सेमा सुधार आएको छ ।

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा उत्पादनमुुलक बाहेक बाँकी सबै समुहको सुचक हरियो देखिएको छ । नेप्से आज दुुई दसमलव चार अंकले बढेर १२ सय ८८ दसअलव ३६ बिन्दुुमा चढ्दा सेन्सिटिभ शुन्य दसमलव ६५ अंकले बढेर दुुई सय ७४ दसमलव ३८ बिन्दुुमा चढेको छ ।

एक सय ५१ कम्पनीहरुको तीन हजार एक सय ५७ कम्पनीहरुको छ लाख २५ हजार चार सय ६७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २३ करोड ३७ लाख ९४ हजार तीन सय १४ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा उत्पादनमुुलक समुहको सुचक २५ दसमलव नौं अंकले घटेको छ ।

बाँणिज्य बैक समुहको सुचक भने आज शुन्य दसमलव ३१ अंकले बढेर ११ सय ४३ दसमलव १५ बिन्दुमा चढ्दा ११ करोड ७१ लाख ४० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बीमा समुहको सुचक नौ दसमलव ६७ अंकले बढेर छ हजार दुुई सय ४६ दसमलव ७६ बिन्दुुमा चढ्दा चार करोड छ लाख ६६ हजार ६६ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समुहको सुचक पनि आज दुुई दसमलव २७ अंकले बढेर १५ सय सात दसमलव पाँच बिन्दुुमा चढ्दा ९८ लाख ३३ हजार ७० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।  

यसैगरी जलबिद्युुत समुहको सुचक पनि १३ दसमलव ६७ अंकले बढेर १५ सय ६६ दसमलव ६९ बिन्दुुमा चढ्दा ६९ लाख ५९ हजार पाँच सय ४० रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यि बाहेक होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचकमा पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको सोल्टी होटल प्रालीको सेयर मुल्य चार रुपैयाँ ९२ पैसाले बढेर दुुई सय ५६ रुपैयाँमा सेयर कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको  सिभिल लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य तीन रुपैयाँ ६० पैसाले घटेर सात सय एक रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा  परेको नेपाल बैंकको आज प्रतिकित्ता तीन सय २५ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ५४ लाख नौ हजार चार सय ५८ रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी नबिल बैंकको पनि एक हजार २३ रुपैयाँ अन्तिम मुल्यमा एक करोड १५ लाख १९ हजार नौ सय ४९ रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै