• २०८१ बैशाख १७ सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्पको आर्थिक सल्लाहकारमा लरेन्स आलेन ‘ल्यारी’ नियुक्त

kharibot

वासिङटन  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । 

आर्थिक विश्लेषक मानिएका ‘टेलिभिजन पर्सनालिटी’ ल्यारी राष्ट्रपति ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा नियुक्त हुने निश्चित भएको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् । 

सत्तरी वर्षीय ल्यारी ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका नयाँ निर्देशकका रुपमा रहने जनाइएको छ । उहाँले हालका आर्थिक सल्लाहकार ग्यारी कोहनलाई प्रतिस्थापन गर्ने भएका छन् । 

उनले सन् १९६९ मा रोचेस्टर विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेका थिए । पछि उनले फेडरल रिजर्भ बैंक अफ न्युयोर्कमा काम गरेका थिए । उनले व्यवस्थापन र अर्थतन्त्रसम्बन्धी काम गर्दै आएका छन् । उन यसअघि पनि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको प्रशासनमा बसेर काम गरेको अनुभव रहेको छ । 

उनी पछिल्लो समयमा स्वतन्त्र व्यापार नीति, खुला बजार तथा न्युन करसम्बन्धी विषयमा वकालतकर्ता र यस विषयका जानकारका रुपमा रहेका छन् । 

उनले टेलिभिजनमा पनि यस्तै कार्यक्रमहरुमा आफ्नो मतराख्दै र कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । आफूलाई आपूर्ति पक्षको अर्थतन्त्रको जानकार र त्यस विषयको वकालतकर्ताको रुपमा परिचित गराउँदै आएका ल्यारीलाई उक्त पदमा बसेर कामगर्न राष्ट्रपति ट्रम्पले नै पस्ताव गरेको बताइएको छ  ।  

उनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको अभियानमा वर्तमान राष्ट्रपति ट्रम्पको पक्षमा वकालत गर्दै कर कटौतीसम्बन्धी कार्यक्रमको पक्षमा सघाएका थिए । 

यसअघिका आर्थिक सल्लाहकार कोहनलेजस्तै उनले पनि हालैमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले स्टील र अल्मुनियममा लगाउदै आएको करको विक्षमा मत राखेका थिए  ।  

अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट हटाइ उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरेका छन् । 

त्यसैगरी गतहप्तामात्र पनि राष्ट्रपति ट्रम्पले आफ्ना सञ्चार संयोजक र सहयोगीलाई पनि फेरबदल गरेका थिए । उनको ह्वाइट हाउसमा आफ्ना सहयोगी तथा सल्लाहकारहरुलाई हटाउने र नियुक्तगर्ने अभियानको पछिल्लो शृंखलाकारुपमा ल्यारी आएका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै