• २०८१ बैशाख १५ शनिबार

यी हुन् च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने टिम, यसरी हुदै छ ड्र 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगमा क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको छ । 

क्वाटरफाइनलमा पुग्ने आठ टोलीमा स्पेनको ला लिगाबाट रियल म्याड्रिड, बार्सिलोना र सेभिल्ला, इङलिश प्रिमियर लिगबाट म्यानचेस्टर सिटी र लिभरपुल, इटालीको लिग सिरी ए बाट युभेन्टस र एएस रोम र जर्मनी लिगबाट बायर्न म्युनिख रहेका छन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ बाट पिएसजी, म्यान्चेस्टर युनाइटेड, चेल्सी, टोटनह्याम जस्ता क्लब बाहिरिएका छन् ।

क्वाटरफाइनलको ड्र शुक्रबार स्विटजरल्याण्डको नियोनमा हुदै छ । क्वाटरफाइनलको ड्र मा ८ टिमबाट जुन टिम जो सुकै टिमसँग पर्न सक्ने छन् । सबै टिमको नाम एकै पटमा राखेर ड्र गरिने आयोजक युनियन अफ युरोपियन फुटबल एसोशियसन (युइएफए) ले जानकारी दिएको छ । ड्रमा पहिलो नाम आउने टिमले पहिलो लिग आफ्नो घरेलु मैदानमा खेल्नुपर्ने नियम रहेको छ । 

क्वाटरफाइनलका खेलहरु पहिलो लिग आगामी अप्रिल ३ तारिख मंगलबार र अप्रिल ४ तारिख बुधबार हुने छन् भने दोस्रो लिग अप्रिल ११ मंगलबार र अप्रिल १२ बुधबार हुने छन् ।

च्याम्पियन्स लिगको सेमिफाइनल खेलको पहिलो लिग अप्रिल २४ मंगलबार र अप्रिल २५ बुधबार, त्यस्तै दोस्रो लिग मे एक तारिख मंगलबार र मे २ तारिख बुधबार हुने युइएफएले जनाएको छ ।

त्यस्तै च्याम्पियन्स लिगको फाइनल मे २६ शनिबार युक्रेनको किभ शहरको एनएससी ओलाम्पियोस्की स्टेडियममा हुने छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै