• २०८१ बैशाख १७ सोमबार

राष्ट्रपति निर्वाचनमा भण्डारीलाई राजपाको साथ

kharibot

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । 

राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ ।

सत्ता नेतृत्वकर्ता एमाले र नेकपा माओवादी केन्द्रसँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ ।

महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए । राष्ट्रपति भण्डारी र नेपाली काँग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै