कपिलवस्तु । जिल्ला युवा समिति, कपिलवस्तुले कपिलवस्तुको चार नम्बरस्थित सामुदायिक अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
राष्ट्रिय युवा परिषद स्थापना दिवसको उपलक्ष्यमा शनिबार आयोजित एक कार्यक्रममा युवा समिति कपिलवस्तुले फलफुल वितरण गरेको हो ।
कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष टुकलाल गैरेको नेतृत्वमा विरामीहरुलाई फलफुल वितरण गरिएको थियो । सामुदायिक अस्पतालमा रहेका एक सय जनाभन्दा बढी विरामीहरुलाई फलफुल वितरण गरिएको युवा समितिका अध्यक्ष गैरेले जानकारी दिएका छन् ।