• २०८१ बैशाख १५ शनिबार

नेपाल बैंकको साढे १५ करोड हिनामिना गर्ने ११ जना पक्राउ

kharibot

काठमाडौं । नेपाल बैंकको धरान शाखाबाट साढे १५ करोड हिनामिना गर्ने ११ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार बैकिंग कसुरमा संलग्नताको आरोपमा उनीहरूलाई धरानबाट पक्राउ गरेको हो ।

बैंकको पैसा हिनामिना गर्नेमा अधिकांश बैंककै ऋणी रहेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा भोजपुर सिद्धेश्वरका ज्ञानेन्द्र पुराकुटी, सुनसरी धरानका संजित रसाइली, इटहरीका माधव रिसाल, धरानका सन्तोष रसाइली, सुनिल विक, प्रकाशपुरका लाल बहादुर विक, बैंककै धरान शाखाका तत्कालीन कर्मचारी होम बहादुर भट्टराई, सोही शाखाकै तत्कालीन सहायक शाखा प्रबन्धक राम किशोर मेहता, शंकर न्यौपाने, सानुबाबु श्रेष्ठ र पुष्पराज घिमिरे रहेका छन् ।

उनीहरूले नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने-दिने कार्य गरी बैकलाई १५ करोड ५१ लाख ४३ हजार नौ सय पाँच रूपैयाँ ५७ पैसा हानी-नोक्सानी पुर्‍याएको प्रहरीले जनाएको छ । उनीहरूलाई  इलाका प्रहरी कार्यालय, धरानमार्फत उच्च अदालत विराटनगरबाट सात दिनको म्याद थप भई ‍ बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय