• २०८१ बैशाख २२ शनिबार

साउदी अरबमा महिलालाई सेनामा जाने अनुमति 

kharibot

काठमाडौँ । साउदी अरबले  महिला सम्बन्धि आफ्नो सुधार कार्य अगाडि बढाईरहेको छ ।

साउदी सेनाले हालै महिलाको लागि सेनामा जागिर खुला गरेर महिलालाई अधिकार दिने कदममा अर्को पाइला अगाडी बढाएको छ । सेनामा जाने नजाने भन्ने बारे भनेस्वैच्छिक हुने बिबिसीले उल्लेख गरेको छ । 

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार जनसुरक्षा निर्देशनालयले आइतबार सेनाको पदमा महिला भर्तीको लागि खुला गरेको छ । यी महिलाहरुलाई रियाद, मक्का, मदिना, कासिम, असिर, अलबहा र सरक्रियामा नियुक्त गरिने जनाएको छ  । 

आवश्यक योग्यता सेनामा भर्ती हुनको लागि महिला साउदी मुलको र शैक्षिक योग्यता हाईस्कुल डिप्लोमा गरेको हुनुपर्दछ । उक्त पदको लागि २५ देखि ३५ वर्ष उमेर समुहका महिला मात्र आवेदन दर्ता गर्न सक्नेछन् ।  

जुन क्राउन प्रिंस मोहम्मद सलमानको अगुआईमा गरिको  सामाजिक सुधारको कोशिसहरु मध्ये यो पनि एक हो । 

यसअघि साउदी सुरा काउन्सिलको एक सदस्यले यो प्रस्ताव लैजादै महिलाहरुको लागि वर्षमा तीन महिना सेनामा काम गर्न अनिवाय हुनुपर्ने उल्लेख गरेका थिए तर काउन्सिलभित्र र सोसल मिडियामा यसको तीव्र मतभेदहरु आएपछि यसलाई स्वैच्छिक बनाइएको बताइएको छ । 

पछिल्ला केहि महिनामा साउदीमा थुप्रै सुधारहरु देख्न सकिन्छ । यस वर्षको जुन महिनाबाट महिलाले पहिलो पटक कार चलाउने अनुमति पाउदै छन् भने साथै महिलाहरुलाई अहिले सार्वजनिक स्टेडियममा बसेर फुटबल म्याच हेर्ने अनुमति दिसकेको छ । 

साउदी सरकारले डिसेम्बर ताका दशकौं पुरानो प्रतिबंन्ध पनि हटाएको थियो । साउदी अरबको शाही परिवार र धार्मिक प्रतिष्ठान ‘वहाबियत’ ले महिलाको लागि कडा नियमहरु राखेका छन् । 

अहिले पनि साउदी अरबमा महिलाहरुको लागि एक्लै यात्रा गर्ने छुट पनि छैन् । यस क्रममा महिलाको साथमा परिवारको एक पुरुष पनि हुन जरुरी छ । आधुनिक रेष्टुरेन्ट र क्याफेहरु पनि दुई किसिमका छन् । एक पुरुषको लागि र अर्को परिवारको लागी । महिलाहरुलाई परिवारको कक्षमा पति तथा परिवारको साथमा बस्न मात्र छुट रहेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै