• २०८१ बैशाख १६ आइतबार

साउदी अरबको नजर अब आइपिएलमा, लगानीको प्रस्ताव !

kharibot

काठमाडौँ । साउदी अरबले विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगानी गर्न चाहेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार साउदी अरेबियाका राजुमार मोहम्मद बिन सलमान आईपीएलमा हिस्सेदारी लिन पहल शुरु गरेका छन् ।

रिपोर्टमा राजकुमार सलमान आईपीएललाई ३० बिलियन डलरको होल्डिंग कम्पनीमा रूपान्तरण गर्न चाहेको उल्लेख छ । यसबारे सलमानका सल्लाहकारहरूले केही भारतीय सरकारी अधिकारीहरूसँग छलफल अगाडी बढाएको रिपोर्टमा बताइएको छ । सलमान आईपीएलमा कम्तिमा ५ बिलियन डलर लगानी गर्न र लिगलाई घरेलु लिगको सट्टा ग्लोबल क्रिकेट लिग बनाउन चाहेको बताइएको छ ।

आईपीएल विश्वको सबैभन्दा ठूलो खेल लिग मध्ये एक हो ।  आइपिएलको शीर्षक प्रायोजनबाट २००८ मा करिब ६ मिलियन डलर आम्दानी भएको थियो भने यो रकम २०२३ मा आएर ३६ मिलियन डलरभन्दा बढी भएको छ । त्यसैगरी फ्रान्चाइजी शुल्क पनि रेकर्ड मात्रमा बढेको छ । सन् २०२२ मा गुजरात टाइटन्स र लखनउ सुपरजायन्ट्स लिगको हिस्सा बनेपछि बोर्डको खातामा करिब १५० मिलियन डलर थपिएको थियो ।

साउदी अरेबियाले विश्वभरका प्रमुख लिगहरूमा लगानी गरिरहेको छ । यसमा साउदी फुटबल प्रो लिग पनि समावेश छ, जसमा विश्वका महान् फुटबलरहरूमध्ये एक क्रिस्टियानो रोनाल्डोसहितका विश्वका उत्कृष्ट खेलाडीलाई किनिसकेको छ । साउदीले पछिल्ला दुई वर्षमा, साउदी लिगमा ठूलो लगानी गरेको छ र विश्वभरका शीर्ष युरोपेली फुटबलरहरूलाई आफ्नो लिगमा समावेश गरेको छ । यसका साथै साउदीले २०३६ को फिफा विश्वकपको आयोजन समेत गर्ने लगभग निश्चित बनेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै