• २०८१ बैशाख १७ सोमबार

फरार अपहरणकारी सात वर्षपछि पक्राउ 

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआइबी)ले अपहरण मुद्दाका फरार अपहरणकारी सुनिल तमाडलाई सात वर्षपछि पकाउ गरेको छ । सीआइबीको टालीले  तमाडलाई शनिबार ठूलो धादिड सिन्धुपाल्चोबाट प्रकाउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।

अपराधीलाई कैद भक्तानीको लागि जगन्नाथ देवल पठाइएको छ ।  सिन्धुपाल्चोकको ठुलोधादिड ४ का तमाडलाई ९ वर्ष कैद र रु ५० हजार जरिवाना गरिएको हो । शिव बहादुर खड्कालाई २०६७ जेठ २६ गते जोरपाटी महाकालबारी स्थित सुवर्ण खड्काको घरमा  तमाड लगायतले बन्धक बनाएर राखेका थिए । 

वादी नेपाल सरकार र प्रतिबादी तमाड समेत रहेको अपहरण मुद्दामा पुनरावेदन अदालत पाटनले २०७० बैशाख ३१ गते  मुद्धाको फैसला गरेको थियो । जग्गा बेचेर आएको कमिशनबापतको रकम नदिएको रिसमा अपहरण गरी बन्धक बनाई राखिएकोमा गत जेठ ७ गते प्रहरीको सहयोगमा अपहरणमुतm गराइएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै