• २०८१ बैशाख १४ शुक्रबार

‘कार्डियक अरेस्ट’ले लग्यो श्रीदेवीको ज्यान ? के हो यसको लक्षण ? 

kharibot

फाइल तस्बिर ।

बलिउड । अभिनेत्री श्रीदेवीको कार्डियक अरेष्टबाट शनिबार राति अचानक मृत्यु भएको छ ।

अचानक मृत्यु हुनुका मुख्य कारणमध्ये एक हो कार्डियक अरेष्ट । कार्डियक अरेष्ट र हृदयाघात दुवै फरक समस्या हुन् । हृदयाघात भएपछि कार्डिएक अरेस्ट हुने सम्भावना बढी हुन्छ ।  कार्डियक अरेष्ट हुनुभन्दा पहिला कुनै लक्षण देखा पर्दैन । यो एक मेडिकल इमर्जेन्सी हो । तर अगाडि कोही यस समस्यामा छ भने तुरुन्त सीपीआर दिएर उसलाई बचाउन सकिन्छ । 

कार्डियक अरेष्टको लक्षण 
कुनै ठीकठाक व्यक्तिको रक्तचाप अचानक बढ्न जान्छ । शरीर कमजोर भएर विस्तारै भुइँमा लड्न सक्छ । यसको साथै उसको धड्कन अनियमित भएर पल्स बन्द हुन्छ । यो कार्डियक अरेष्टको लक्षण हुनसक्छ । कहिलेकाहीँ श्वास फेर्न असजिलो हुने, उल्टी हुने तथा छाती दुख्नेजस्ता लक्षण पनि देखिन सक्छ । 

तपार्इंको अगाडि कसैको कार्डियक अरेष्ट भयो भने सीपीआर दिएर उसको सर्भाइभल रेट बढाउन सकिन्छ । यसको लागि तीन चरण अपनाउन सकिन्छ -

  • रोगीलाई विस्तारै सबैतिरबाट  हावा आउने ठाउँमा सुताउने र विस्तारै शरीर थोरै माथि उठाउँदै लैजाने ता कि जिब्रो भित्र नपसोस् । 
  • अब बिरामीको बीच छातीमा विस्तारैसँग धक्का दिने । यस प्रक्रियालाई कार्डिक थम्प भनिन्छ ।
  • यसपछि सीपीआर दिन सुरु गर्ने । 

कसरी दिने त सीपीआर ?

  • बिरामीको नजिक बसेर आफ्नो दायाँ हात बिरामीको शिरमा राख्ने, बायाँ हात पनि यसैको माथि राख्ने र औंलाहरुलाई जोडेर राख्ने । 
  • हत्केलाले १० मिनेटको लागि छातीको बीच भागमा दबाउँदै जाने  । 
  • एक मिनेटमा ८० देखि १०० पटकसम्म दबाउने । 

यो प्रक्रियामा तपाईंले जोड गरेर छिटो छिटो दबाउन आवश्यक हुन्छ । ताकि हरेक पटक छाती करिब डेढ इन्च तल जाओस् । 

  •  यस समयसम्म कसैले डाक्टरलाई बोलाउनुस् र डाक्टर नआएसम्म यो प्रक्रिया जारी राख्ने ।
नोट : अझै बच्चालाई सीपीआर दिँदै हुनुहहुन्छ भने यसको साथमा मुखमा मुख जोडेएर सास दिनुपर्छ । डाक्टरहरु ठूलाको लागि मुखमा मुख जोडेर सास दिने सल्लाह दिँदैनन् । 

यसो त कार्डियक अरेष्ट हुनुभन्दा पहिला कुनै लक्षण देखिँदैन । यो एक मेडिकल इमर्जेन्सी हो र तपाईंको अगाडि कसैलाई यस्तो समस्या भयो भने तुरुन्त सीपीआर दिएर उसलाई बचाउन सकिन्छ । 

  • नवभारत टाइम्सबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै