• २०८१ बैशाख १७ सोमबार

मन्त्री छान्न एमाले स्थायी कमिटीको बैठक, को को छन् आकांक्षी ?

kharibot

फाइल तस्बिर

काठमाडौँ । मन्त्री छान्न एमाले स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ ।

एमाले र माओवादीबीच विहीबार भएको सहमति अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालय लिने भएको छ। आफ्नो भागमा परेको १० मन्त्री छान्न शुक्रबार विहान ९ बजेदेखि एमाले छलफलमा जुटेको हो । 

फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपनि ओलीले अहिलेसम्म आफ्नो मन्त्रिमण्डलमा २ जना बाहेक अन्य मन्त्री थप्न सकेका छैनन्। 

एमाले र माओवादीले मन्त्रीको नाम टुंगो लगाएमा ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम रहेको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको टुंगो लगाउने बताइएको छ । 

एमालेबाट मन्त्री बन्न धेरै आकांक्षी देखिएपछि मन्त्री छान्न समस्या देखिएको छ । मन्त्री बन्ने दौडमा महासचिव इश्वर पोख्रेल, सचिवद्वय प्रदिप ज्ञवाली, योगेश भट्टराई, त्यस्तै भानुभक्त ढकाल, युवराज खतिवडा, भिम रावल, कृष्णगोपाल श्रेष्ठ, विष्णु पौडेल, गोकर्ण विष्ट, रविन्द्र अधिकारी लगायत अग्रपंक्तिमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै