सुर्खेत । प्रदेश नं. ६ को नेकपा एमाले प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन भएका छन् ।
सल्यान क बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सो पार्टीका प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।
अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएपछि मात्रै चयन गरिने नेता कँडेलले बताए ।