काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बंैकिङ कसुर गरी फरार एक जनालाई पक्राउ गरेको छ ।
अर्काको जग्गा देखाएर माछापुच्छ्रे बैंकको पुतलीसडक शाखाबाट एक करोड ४२ लाख कर्जा लिएको भन्दै काठमाडौं धोबीधाराका ५५ वर्षीय अशोक हर्ष बज्राचार्यलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
उनीविरुद्ध प्रहरीले पाटन उच्च अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।