• २०८१ बैशाख १५ शनिबार

सिटिजन्स बैंक र सुुपर सोनिक युुकेबीच सम्झौता

kharibot

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र युकेको सुपर सोनिक लिमिटेड बिच सम्झौता भएको छ । बैंकले बेलायतलगायत युरोपियन मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि उक्त कम्पनीसंग सम्झौता गरेको हो । 

सम्झौताबमोजिम अब बेलायत लगायत युरोपियन मुुलुुकहरुबाट सुपर सोनिक लिमिटेड मार्फत पठाएको विपे्रषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेको ६७ वटा शाखाहरु र चार हजार पाँच सयभन्दा बढी सहायक प्रतिनिधीहरुमार्फत सहजरुपमा भुक्तानी पाउन सकिनेछ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी तथा सुुपर सोनिकका निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरेका छन् ।

बैंकले यस अघि कुबेतको डलरको एक्सचेन्ज लिमिटड, यू.के कोक्यासको फाईनान्सीयल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस रअफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,यू.ए.ई को अलअहलिया मनि एक्सचेन्ज ब्यूरियो, अलअन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसंग सम्झौता गरी ति विप्रे्रषण कम्पनीहरु बाट बैंकिङ्ग प्रणालीमार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ ।

यसको अतिरिक्त स्वदेशको विभिन्न विपे्रषण कम्पनी संग सहकार्य गरि बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि.एम.ई. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, आई पे रिलायबल, बुम रेमिट, ओभरसिज रेमिट र सिजिमनि बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसको साथ साथै बंैकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनी संग सम्झौता गरि विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै