• २०८१ बैशाख १५ शनिबार

नेविसंघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

kharibot

विराटनगर ।  नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नु परेकाले भातृसंघ संगठनका भावना बुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुरुराज घिमिरे तथा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई नया ढंगबाट अब लैजानुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेविसंघका पुर्व केन्द्रीय सदस्य ललित श्रेष्ठ, नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले पार्टीको मनोबल उच्च बनाउने जिम्मेवारी अब नेविसंघको काँधमा आएको बताए । 

दुईदिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे तथा प्रदीप पौडेलले प्रशिक्षण दिएका थिए । 

नेपाल विद्यार्थी संघ क्षेत्र नं. ३ को आयोजनामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका नेविसंघका सभापति तथा प्रतिनिधिगरी चार सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रमका संयोजक होम पोखरेलले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै