काठमाडौं । काठमाडौंको लगनचोक नजिकै एक घरमा आगलागीमा परी एक जनाको निधन भएको छ ।
आगलागीमा परी ६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको छ भने अर्का एक जना जलेर घाइते भएका छन् ।
बिहान ४ बजेतिर लागेको आगो अहिले ४ वटा दमकलसहित स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । आगलागीबाट दुइवटा घर जलेर ध्वस्त भएका छन् ।
अमृतलाल रञ्जितको चार-पाँच तलाको घरमा दुई वटा सिलिण्डर पड्किएर आगो लागेको बताइएको छ ।