काठमाडौं । काठमाडौंको लगनचोक नजिकै एक घरमा आगलागी भएको छ ।
बिहान ४ बजेतिर लागेको आगो अहिले ४ वटा दमकलसहित स्थानीय र प्रहरीको सहयोगमा निभाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
अमृतलाल रञ्जितको चार-पाँच तलाको घरमा दुई वटा सिलिण्डर पड्किएर आगो लागेको भनिए पनि यसबारे थप विवरण आउन बाँकी छ ।