काठमाडौं । डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको युएईले निधारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनाएको छ ।
युएईका लागि अशफिक अहमदले ११४ रन बनाएका थिए भने रोहण मुस्तफाले ५१, शैमन अनवरले ४० रन बनाएका छन् । त्यस्तै रमीज शाहजादले नटआउट ३३ रन बनाएका छन् ।
नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले एक एक विकेट लिएका छन् ।